स्याङ्जा, २० चैत । भीरकोट नगरपालिका ७ की एक महिलाले अवैध शिशु जन्माएर घर नजिकैको बारीमा फालेपछि आफूले पनि आत्महत्या गरेकी छन् ।
स्थानीय गम्वर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सुचना पाएपछि घटना स्थलमा पुगेको प्रहरीले छिमेकी वेगबहादुर अधिकारीको मलखातमा सालनाल भेटाएको थियो ।
वेगबहादुर अधिकारीकी २२ वर्षीया छोरी स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफुले पनि आत्महत्या गरेकी हुन् ।
आफ्नै गोठमा स्नेहाले चुन्नीको पासो लगाई छट्पटाई रहेको अवस्थामा स्थानियले देखेपछि हसियाले चुन्नी काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा उनको मृत्यु भएको हो ।