अन्तिम तीन मिनेटमा दुई गोल गरेर हारबाट जोगियो बार्सिलोना

UNCATEGORIZED
Spread the love

एजेन्सी, २० चैत । ला लिगाको लिडर बार्सिलोनाले भिल्लारियलसँग चार–चार गोलको बराबरी खेलेको छ ।

निकै रोमाञ्चक बनेको खेलको १२ औं मिनेटमा फिलिप कोउन्टिन्होको गोलमार्फत बार्सिलोनाले अग्रता बनाएको थियो । त्यसपछि १६ औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई दुई शून्यले अगाडि राखे ।

तर त्यसपछि भिल्लारियलले उत्कृष्ट कमब्याक गर्दै चार गोल गर्न सफल भयो । २३ औं मिनेटमा चुकविजीले गोल गरे भने ५० औं मिनेटमा टोको इकाम्बीले गोल गर्दै खेल दुई दुईको बराबरीमा पुर्‍याए । ६२ औं मिनेटमा लीबोरा र ८० औं मिनेटमा बाक्काले गोल गरेपछि बार्सिलोना चार दुईले पछि पर्‍यो ।

तर ८६ औं मिनेटमा भिल्लारियलका गोञ्जालेज दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि १० खेलाडीमा झर्न पुग्यो । जसको फाइदा लिँदै बार्सिलोनाले तीन मिनेटमा दुई गोल फर्काउन सफल भयो ।

९० औं मिनेटमा मेस्सीले गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेट लुइस स्वारेजले गोल गर्दै टिमलाई हारबाट बचाए । बार्सिलोनाले ३० खेलबाट ७० अंक बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *