काठमाडौं, २० चैत । बिनाशकारी आँधीबाट पीडित नागरिकको निम्ति राहत वितरण गर्न युवा संघ नेपाल अहिले बारा र पर्सा जिल्लाका क्षतिग्रस्त स्थानमा सक्रिय छ ।
राहत वितरण तथा श्रम शिबिर सन्चालनमा युवा संघ नेपाल सकृयता पूर्वक परिचालित भैरहेको छ ।
संघका अध्यक्ष रमेश पौडेल, राहत तथा उद्दार समिति संयोजक वरिष्ठ उपाध्यक्ष किरण पौडेलसहित सैयौं नेता कार्यकर्ता आँधी प्रभावित स्थानमा अत्यावश्यक सामाग्री संकलन र वितरण ,भग्नावशेश व्यवस्थापन, सरसफाई ,स्थायी संरचना निर्माण लगायतका काममा व्यस्त छन् ।
संकट र विपदको यस समयमा सक्दो सहयोग (नगद, जिन्सी तथा अन्य सहयोग) र ऐक्यवद्धताको निम्ति संघले सबैमा आह्वान समेत गरेको छ ।
सहयोगका लागि सम्पर्कः
रमेश पौडेलः ९८५१२२५७९९
किरण पौडेलः ९८५१०३२१४३
सुमन पुरीः ९८५१०१३७०१