ओखलढुंगा जीप दुर्घटनाः मृतक ७ जनाकै सनाखत

समाज
8 Shares

काठमाडौं, १७ चैत । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीस्थित डडुवाडाँडामा भएको स्कार्पियो जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनास्थलमै ६ जनाको र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ का ५५ वर्षीय मिङमा शेर्पा, सोही ठाउँका ४५ वर्षे साङ्गेल शेर्पा, काठमाडौं बौद्ध निवासी ३५ वर्षीय नोर्बु शेर्पा, ४० वर्षीय ङवाङ शेर्पा र ४५ वर्षीया डोमा शेर्पा र वाङदा शेर्पा छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका काठमाडौं बौद्धका ५४ वर्षीय डुसांगे शेर्पाको समेत उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

अन्य घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं आउँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो डडुवाडाँडास्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *