एजेन्सी । चर्चित सामाजिक सञ्जाल फेसबुकले नयाँ फिचर ल्याएने भएको छ ।
फेसबुकले प्रेस एन्ड होल्ड फिचर सार्वजनिक गर्ने जनाएको छ । प्रेस एन्ड होल्ड फिचरमार्फत फोटो र भिडियो लाइक गर्ने अनुभव बदलिने बताइएको छ ।
यस फिचर आइसकेपछि फोटो अथवा भिडियोलाई लामो समयसम्म प्रेस गरेर लाइक तथा विभिन्न रिएक्सन दिन सकिन्छ ।
यसअघि लाइक बटनको प्रयोग गर्नुपर्थ्यो । यद्यपी यस फिचर उपलब्ध भइसके पनि लाइकको बटन प्रयोग गर्न सकिन्छ ।
फेसबुकका अनुसार प्रेस एन्ड होल्ड फिचर परिक्षणको चरणमा छ । निकट भविष्यमै यस फिचर फेसबुक प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् ।