लगानी सम्मेलनः १५ आयोजनामा समझदारी, ७७ मा लगानीकर्ताको आवेदन

BUSINESS

काठमाण्डौं, १६ चैत । तेश्रो अन्तराष्ट्रिय लगानी सम्मेलनमा सरकारले प्रस्तुत गरेको ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ । आवेदन दिने मिति अप्रिल २० सम्म छ । १६ वटा परियोजनामध्ये एउटामा हस्ताक्षर हुन बाँकी छ ।

लगानी बोर्डका अनुसार पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शिक्षा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनीले आवेदन दिएका छन् ।

शनिबार साँझ सम्मेलनको समापन मन्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले ‘लगानी सम्मेलन अत्यन्तै सफल भएको र सरकारले सोकेश गरेका ७७ वटै परियोजनामा लगानीकर्ताहरुले आवेदन दिएको’ बताए ।

सहमति

१, चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी।
२, ६ सय मेगावाट सोलार प्लान्टका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी।
३, ५ जी नेटवर्क विस्तारका लागि सिजी र टेलिसेलबीच समझदारी।
४, सोलार पोर्टेबल टाइप इनर्जीका लागि सीजी पूर्वाधार प्रालि र प्रदेश २ बीच समझदारी।
५, २६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका लागि कोरियाली कम्पनीद्वारा ६५० मिलियन डलर लगानी गर्ने समझदारी।
६, ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर, भारतीय केन्द्रीय बैंकले १२ हजार करोड बढी रुपैयाँ लगानी गर्ने समझदारी।
७, १६४ कालीगण्डकी गर्ज विद्युत् आयोजनाका लागि सिन्ह्वा हाइड्रो सोलुसन र सांघाईबीच समझदारी।
८, सिमरा सेज पीपीपीमा बनाउन लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच समझदारी।
९, सिन्सियर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी।
१०, एनआरएनएद्वारा पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने समझदारी।
११, नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी।
१२, पूर्वाधार विकास कर्पोरेसन।
१३, मुतुथ फाइनान्स भारतद्वारा ३९ अर्ब ९० करोड लगानी गर्ने समझदारी
१४, दक्षिण अफ्रिका र दक्षिण अफ्रिका लगानी बोर्ड र इन्भेष्ट साउद अफ्रिकाको लगानी समझदारी।
१५, गुरुप्रसाद न्यौपाने, राजन खरेल, खरेल ग्रुप अफ क्यापिटलिस्टको लगानी समझदारी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *