एजेन्सी । अमेरिकाको मेइन अस्पतालमा कार्यरत ९ नर्सहरु एकसाथ गर्भवती भएका छन् । एकै अस्पतालमा कार्यरत उनीहरु एकै युनिटका हुन् । डेलिभेरी युनिटमा कार्यरत सबै सहकर्मी हुन् ।
आश्चर्य रुपमा उनीहरु एकैसाथ गर्भवती भएका हुन् । उनीहरुको बच्चा जन्मिने मितीसमेत लगभग उस्तै रहेको जनाइएको छ ।
ओरिजन राज्यस्थित पोर्टल्यान्डमा रहेको मेइन अस्पतालका अनुसार आफ्ना अस्पतालमा कार्यरत नर्सहरुले यसै वर्षको अप्रिल र जुलाईमा बच्चा जन्माउनेछन् ।
‘पालैपालो गर्भवती भएको कुरा सुनाउन थाल्यौ।’ नर्स इरिन ग्रेनरले भनिन्,‘प्रत्येक पटक प्रत्येक दिनजस्तै यस्ता खबर सुन्दा हामीहरु खुशी साथै अचम्मित भएका थियौं।’
मेइन अस्पताले ९ जना नर्सलाई सामाजिक सन्जालमा शुभकामना दिएको छ । साथै सबैले सामूहिक तस्बिर समेत खिचाएका छन् । अस्पतालले आफूहरुसँग पर्याप्त नर्स भएका कारण ढुक्क भएर आमाको भूमिका निर्वाह गर्न नर्सहरुलाई शुभकामना सन्देश जारी गरेको छ ।