किन पर्छ चाया ? यस्ता छन् बच्ने उपाय

स्वास्थ्य/जीवनशैली
17 Shares

एजेन्सी । जाडो र गर्मी दुवै मौसममा कपालमा चाया पर्ने समस्या हुन्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दाग देखिन्छन्, जसलाई हामी चाया भन्छौँ ।

कारण

-सरसफाइ पनि चायाको कारक हो । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ ।

-शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।

-सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ ।

-लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ ।

बच्ने उपाय

-सरसफाइ र सन्तुलित भोजनले चाया हटाउन ठूलो भूमिका खेल्छ ।

-भिटामिनयुक्त खाना खाने, नियमित रूपमा कपाल नुहाउँने, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्ने गर्दा चायाको समस्याबाट बच्न सकिन्छ ।

-त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पु(याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *