ढुक्कले लगानी गर्नुस्, जिम्मा सरकारले लिन्छ: प्रधानमन्त्री ओली

अर्थतन्त्र
22 Shares

काठमाडौं, १५ चैत । काठमाडौंमा नेपाल लगानी सम्मेलन शुरु भएको छ । विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

होटल सोल्टीमा आयोजित विशेष समारोहकाबीच लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सम्मेलनको उदघाटन गरे ।

स्वागत

सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले स्वागत मन्तव्यसहित सहभागीलाई स्वागत गरे । खतिवडाले सम्मेलन लगानी तथा आपसी अनुभव आदानप्रदानका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले के भने ?

अर्थमन्त्रीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनका सहभागीहरुलाई सम्बोधन गरे । प्रधानमन्त्री ओलीले राजनीतिक संक्रमण अन्त्य गर्दै नेपाल समृद्धिको यात्रामा अघि बढेको बताउँदै हातेमालो गरेर अघि बढ्न लगानीकर्तालाई आग्रह गरे ।

उनले भने,
-नेपाल लगानीको भर्जिन ल्यान्ड हो । यहाँ कुनै असुरक्षा छैन । ढुक्क भएर लगानी गर्नुस्, सबै जिम्मा सरकारले लिन्छ ।

-यहाँ सबै क्षेत्रमा नाफा छ । यहाँ जलविद्युतमा उच्च सम्भावना छ । पर्यटन, पूर्वाधार, सूचना प्रविधि, उद्योग, खानी लगायतका क्षत्रेमा समेत प्रशस्त सम्भावना छन् ।

एक हजार लगानीकर्ता

सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै एक हजार लगानीकर्ताको सहभागीता छ । विभिन्न ४० देशबाट ६ सय भन्दा बढी लगानीकर्ता सम्मेलनमा सहभागी छन् ।

सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारबाट ७७ वटा परियोजना प्रस्ताव गरिदैछ । उदघाटन शत्र पछि हुने विषयगत शत्रमा ती परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने छ ।

३० खर्ब लगानीको अपेक्षा

सम्मेलनमा लगानीकर्तालाई आकर्षित गर्न ७७ वटा आयोजना राखिएको छ । यी आयोजनाको लागत ३० खर्बभन्दा बढी छ । शुक्रबार र शनिबार हुने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *