रिस तुरुन्तै शान्त पार्ने सात सरल उपाय

स्वास्थ्य/जीवनशैली
54 Shares

रिस एउटा सामान्य भावना हो । यद्यपि, रिसकै कारणले कहिलेकाहीँ विभिन्न समस्या निम्तिन सक्छन् । झै–झगडा, द्वन्द्व, कलह, आक्रमण, हत्याजस्ता गम्भीर समस्या पनि रिसकै कारणले हुन्छन् । रिसलाई नियन्त्रण गर्न नसकेमा मानिस जे पनि गर्न उद्यत हुन्छ । र, पछि गएर पश्ताचाप गर्नुपर्ने हुन्छ । त्यसैले, अब जानौँ, रिस शान्त पार्ने केही उपायः

१, रिस शान्त गर्न १० देखि उल्टो संख्याहरू गन्नुहोस् । यदि, धेरै रिस उठेको छ भने १०० बाट सुरु गर्न सकिन्छ । यसले धड्कनको गतिलाई ढिलो गर्छ, जसबाट स्वतः रिस नियन्त्रण हुन्छ ।

२, लामो र गहिरो सास लिनुहोस् । जति छिटो सास फे¥यो त्यति नै मात्रामा रिस बढ्ने भएकाले यसो गर्दा शान्त बन्न सहज हुन्छ ।

३, यताउति हिँड्नुहोस् । एक्सरसाइजले मांसपेशीमा चाल उत्पन्न हुन्छ, जसले गर्दा बिस्तारै रिस कम हुँदै जान्छ ।

४, आफूलाई मनपर्ने कुनै मन्त्र उच्चारण गर्नुहोस् । यसले दिमाग एकत्रित हुन सघाउँछ । र, बिस्तारै रिसलाई दबाउन सकिन्छ  ।

५, गर्दन तथा घाँटीको एक्सरसाइज गर्नुहोस्, जसले योगको काम गर्छ । जुन भावनालाई नियन्त्रण गर्ने सजिलो उपाय हो ।

६, शान्त ठाँउमा गएर बस्नुहोस् । आँखा बन्द गरेर मनपर्ने दृश्यहरू कल्पना गर्नुहोस् । सुरुमै भावना नियन्त्रण गर्न नसकिए पनि एक छिन आराम गरेर कल्पना गर्न सकिन्छ । यसले पूर्ण रूपमा रिसबाट टाढा राख्दछ ।

७, रिस कम गर्न संगीत सुन्न सकिन्छ । त्यस्तै, कतै शान्त ठाउँमा घुम्न निस्कनुस् । तर, जोखिमयुक्त ठाउँमा भने जानुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *