प्रहरीको लाठी चार्जपछि यसरी खुलाइयो धितोपत्र बोर्डको ताला

अर्थतन्त्र
27 Shares

काठमाडौं, १० चैत । नेपाल धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएर बसेका सेयर लगानीकर्तामाथि प्रहरीले बल प्रयोग गरेर ताला खुलाएको छ ।

सेयर बजार विकास, अर्थमन्त्रीको राजिनामा लगायतका माग राख्दै बोर्डको मुख्य ढोकामा तालाबन्दी गरेर धर्नामा बसेका सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई प्रहरीले लाठी चार्ज गरेर ताला खोलेको हो ।

लगानीकर्ताले बिहान कार्यालय खुल्नुअघि कार्यालयमा ताला लगाएर धर्नामा बसेका थिए ।

लगानीकर्ताले ताला लगाएपछि बोर्डका एक जना कर्मचारी भित्र थुनिएका थिए भने बाँकी ३० भन्दा बढी कर्मचारी बाहिर रोकिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *