रोहन र श्रद्धाको विवाहको हल्ला चलेपछि शक्ति कपुरको यस्तो प्रतिक्रिया

ENTERTAINMENT
Spread the love

काठमाडौं, ९ चैत । बलिउड अभिनेत्री श्रद्धा कपुरको विवाहबारे उनका पिता शक्ति कपुरले प्रतिक्रिया जनाएका छन् ।

चर्चित बलिउड कलाकार शक्ति उनले आफ्नी छोरी श्रद्धाले तत्काल विवाह नगर्ने बताएका छन् ।

यतिबेला भारतीय सञ्चार माध्यमहरुमा श्रद्धा र उनका प्रेमी चर्चित फोटोग्राफर रोहन श्रेष्ठबीच चाँडै विवाह हुने चर्चा चलेको छ ।

शक्ति कपुरले भने,‘ यो सबै खबर गलत हो । खबरमा सच्चाई छैन । श्रद्धाले अझै ४-५ वर्ष काममा ध्यान दिनेछिन्, त्यसपछि विवाह बारे सोच्नेछिन् ।’

उनले छोरी र आफ्नो विवाह, कामको बारेमा छलफल भइरहने समेत बताएका छन् । संचार माध्यममा हल्ला चलिरहँदा श्रद्धाले भने कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

यो पढ्नुभयो ?

नेपाली ठिटोसँग विहे गर्दैछिन् बलिउड सुन्दरी श्रद्धा कपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *