काभ्रेमा किशोरीमाथि सामूहिक बलात्कार

SOCIETY
Spread the love

काभ्रे, ९ चैत । काभ्रेको मण्डन देउपुर नगरपालिका-७ मा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गत चैत ३ गते साँझ मण्डनदेउपुर नपा-६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने चारमध्ये तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ।

मण्डन देउपुर नपा-६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा मण्डन देउपुर-७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । अर्का एक किशोर भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दनुवार र राई क्रसर उद्योगका टिपर चालक हुन् भने रामकुमार सहचालक हुन् । नदीमा बालुवा सङ्कलन गर्ने ती किशोरीलाई डाँडखोला नजीक खोलाबाट सो समूहले टिपरमा लिएर गएका थिए ।

पीडितका परिवारले यही चैत ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा किटानी जोहरी दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *