१० हजार कित्ता सेयरका लागि प्रधानमन्त्रीले दिए आवेदन, त्रिशुली ‘बी’को सेयर १० रुपैयाँमा किन्न पाइने

BUSINESS
Spread the love

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूली जलविद्युत ‘बी’ जलविद्युत आयोजनको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले त्रिशूली जलविद्युत आयोजनाले सार्वजनिक गरेको प्राथमिक सेयर खरिद गर्दै जनताको जनलविद्युत कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन् ।

त्यस्तै प्रधानमन्त्री पत्नी धर्मपत्नी राधिका शाक्यले १० हजार कित्ता सेयरका लागि आवेदन दिएकी छन् ।

त्यस्तै ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिएका छन् ।

त्रिशुली ‘बी’को सेयर १० रुपैयाँमा

त्रिशुली ‘बी’ जलविद्युत आयोजनको सेयर प्रतिकित्ता १० रुपैयाँमा किन्न पाइने भएको छ । सेयर खरिदकर्ताहरुले प्रतिकित्ता १० रुपैयाँको दरमा अग्रिम शेयर खरिद गर्न पाउने भएका छन् ।

खरिदकर्ताले न्युनतम १०० कित्ता र अधिकतम् १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने जलविद्यु कम्पनीले बताएको छ। प्रारम्भिक १० रुपैयाँमा सेयर खरिद गरेकाहरुले नै ९० रुपैयाँको दरमा शेयर खरिद गर्ने सक्ने कम्पनीले जनाएको छ ।

यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ। यो आवेदन चैत ११ गतेसम्म भर्न सकिने छ ।

‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ को नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *