काठमाडौं, ७ चैत । यूट्यूव च्यालन मार्फत अश्लील अन्तरवार्ता प्रशारण गरेको आरोपमा फुलचोकी मिडियाका सञ्चालक राजकुमार कुँवर, विवादास्पद मोडल परी तामाङलाई पक्राउ परेको प्रहरी अहिले अश्लील इन्टरभ्यु लिने र दिने पात्रको खोजीमा छ ।
यूट्यूवमा दिअर्थी लाग्ने अन्तरवार्ता लिने अर्की यूट्यूवर सोनिका रोकाया पनि अहिले प्रहरीको खोजीको सूचीमा छिन् ।
वाउ नेपाल मार्फत विभिन्न महिला एवं पुरुषको अन्तरवार्ता प्रस्तुत गर्दै आएकी सोनिकाले दुइअर्थी लाग्ने अन्तरवार्ता लिने गरेकी छिन् ।
उनका कतिपय अन्तरवार्तामा अश्लीलल शब्द समेत सुनिन्छ ।
यो पढ्नुभयो ?