धादिङ, ६ चैत । काठमाडौंबाट पोखरा जाँदै गरेका एक युवाको धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ ।
दुर्घटनामा पोखरा महानगरपालिका-२३ का २० वर्षीय दीपक पुनमगर घाइते भएकोमा उनको उपचारका लागि काठमाडौंतर्फ लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको ग १३ प ८०८५ नम्बरको मोटरसाइकल र हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ४११४ नम्बरको ट्रक बेनिघाटरोराङ गाउँपालिका-५ बेनिघाट गोमती पुलमा ठक्कर खाएर दुर्घटना भएको हो ।
उनी होली मनाउन काठमाडौंबाट पोखरा जाँदै थिए । दुर्घटनामा सोही स्थानका मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।