संसारभर फेसबुकमा देखियो यस्तो समस्या, कहिले हुन्छ समाधान ?

सूचना प्रविधि
18 Shares

काठमाडौं, ३० फागुन । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा गए रातीदेखि समस्या आएको छ।

केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन्। कतिपयका खुले पनि राम्ररी चलेका छैनन्।

म्यासेञ्जरले पनि राम्रो काम गरेको छैन। अमेरिका, बेलायत, ब्राजिल, पेरू, कोलम्बिया, मेक्सिकोलगायतका देशका प्रयोगकर्ताको फेसबुक खुले पनि उनीहरुले स्टाटस वा तस्बिर राख्न नपाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फेसबुकले समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ। केही समयमै समस्या समाधान हुने उसको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *