अमला खानुका फाइदै-फाइदा

स्वास्थ्य/जीवनशैली
21 Shares

अमलामा हुन्छन् यी औषधीय गुणः

-अमलामा पानीको मात्रा हुन्छ, जसले साबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ ।
अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्यालाई फाइदा पुग्छ ।

-अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्सलगायत विभिन्न पोषक तत्व हुन्छन् । जसले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्याउँछ ।

-अमला कपालका लागि झनै उपयोगी हो । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । साथै, टुक्रिनबाट समेत कपाललाई रोक्छ ।

-अमलाले आँखाको ज्योति बढाउने मात्र होइन, अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन ।

-अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ । साथै, ब्लडसुगर नियन्त्रण गर्छ ।

-अमला खाँदा कब्जियत, अपच, डाइरियाजस्ता समस्या हटेर जान्छ । त्यस्तै, यसको नियमित सेवनले स्फूर्ति बढ्छ । अमला खाएमा मुटुसम्बन्धी रोग लाग्नबाट पनि बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *