भक्तपुरबाट जन्ती बोकेर हेटौँडा जाँदै गरेको बस दुर्घटना, २ को मृत्यु

SOCIETY
Spread the love

मकवानपुर, २८ फागुन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानी नजिक जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बा ४ ख २२१७ नम्बरको बस भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै थियो ।

मृत्यु हुनेमा नुवाकोट घर भई हाल बालाजु बस्ने २१ वर्षीय विकास धमला र काभ्रे ज्याम्दी घर भई भक्तपुर बोडे बस्ने ३० वर्षीय नवराज परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा १३ जना घाईते भएका छन् । ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *