व्यापक विरोधपछि सांसद अल्काले मागिन् माफी, डिलिट गरिन् ट्वीट

NEWS
Spread the love

काठमाडौं २८ फागुन । भारतको आम आद्मी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे गरेको अपमानजनक टिप्पणीबारे माफी मागेकी छिन् ।
साथै उनले आफ्नो ट्वीट डिलिट गरेकी छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक यस्तो ट्वीट गरेकी थिइन् ।

प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।

उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो ।

माफी माग्दै लाम्बाले पछि लेखेकी छिन्ः

मेरो ट्वीटले नेपालका जनतालाई दुःख पुगेको थाहा पाएँ । यसका लागि म छिमेकी देश नेपालका जनतासँग माफी माग्दछु । कसैको पनि म दुखाउने उद्देश्य थिएन । म तपाईंहरुको भावनालाई ध्यानमा राख्दै ट्वीट हटाएकी छु ।

भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१४ देखि आम आदमी पार्टीमा आबद्ध भएकी छिन् ।

उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् । उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *