‘राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुँदैन’

NEWS
Spread the love

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुन नसक्ने बताएका छन् । राजनीतिक विषयमा भने आवश्यकता देखिए जनमत संग्रह हुने सक्ने ओलीले बताए ।

सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डताबारे कहिल्यै पनि जनमत संग्रह हुन नसक्ने बताएका हुन् ।

सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय सुरक्षा परिषद सचिवालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राजनीतिक विषयमा भने आवश्यकता देखिए जनमत संग्रह हुने सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *