इथियोपियामा विमान दुर्घटना, १५७ जनाको मृत्यु

UNCATEGORIZED
Spread the love

काठमाडौं, २६ फागुन । इथियोपियामा विमान दुर्घटना हुँदा विमानभित्र रहेका १५७ जनाको मृत्यु भएको छ ।

इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो ।

विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य थिए ।

इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ । बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको हो ।

इथियोपियाको सरकारी सञ्चार माध्यम इथियोपियन ब्रोडकास्टिङ कर्पोरेसनले विमानमा कोही पनि जीवित नरहेको उल्लेख गरेको छ ।

प्रत्यक्षदर्शीले विमान जमिनमा ठोक्किएर ठूलो आवाज आएको र चर्को आगो बलेको बीबीसीसँग बताएका छन् । विमान दुर्घटनाको पहिलो सूचना इथियोपियाका प्रधानमन्त्री अबि अहमदले आफ्नो ट्विटरमार्फत दिएका थिए ।

दुर्घटना राजधानीदेखि ६० किलोमिटर दक्षिण पूर्वी क्षेत्र बिसोफ्टु नजिक भएको इथियोपियन एयरलाइन्सले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *