‘स्पीन्ज एक्टिभ गर्ल २०१९’ दिपिका न्यौपाने

ENTERTAINMENT

काठमाडौं, २६ फागुन । ‘स्पीन्ज एक्टीभ गर्ल २०१९’ दिपिका न्यौपाने भएकी छन् ।

नारी दिवसको अवसरमा केभीनकेयरको उत्पादन स्पीन्जले नारी तथा कलेजगर्ललाई स्मार्ट हुन प्रेरित गर्ने उदेश्यले गरेको प्रतियोगितामा सान्त्वना कलेजकी दिपिका न्यौपाने बिजेता बनेकी हुन भने उपबिजेतामा माईलस्टोन कलेजकी नेहा शाहु र एभरेष्ट कलेजकी शुभद्रा रिजाल उपबिजेत बने ।

सर्चसलुशनले ब्यवस्थापन गरेको स्पीन्ज एक्टीभ गर्ल प्रतियोगितामा राजधानीका ८ वटा कलेजका ८ सय भन्दा बढी प्रतियोगिहरु रहेका थिए । हरेक कलेजबाट एक एक जनालाई फाईनल प्रतियोगिताको लागि छानीएको थियो ।

प्रतियोगीहरुले आ-आफ्नो कला प्रस्तुत गरेका थिए । फाईनल प्रतियोगिताका निर्णयक मण्डलमा शारिरिक सुगठनकर्मी एबं साइकल यात्री सोनी श्रेष्ठ, मोटरसाइकल धावक वर्षा बस्नेत र मिस नेपाल अन्तरास्ट्रिय (सन् २०१७)  नीति शाह रहेका थिए ।

सौन्दर्य मिश्रित उत्पादनको रुपमा पसिना निरोधक सेन्ट र परफ्युम, बि बि क्रिम, बि बि टल्कम पाउडर आदिको उत्पादन पश्चात नया उत्पादनको रुपमा स्पिन्ज़ बजारमा सर्बोत्तम एवं सर्बोत्क्रिस्ट महिला सौन्दर्य प्रशाधन सामाग्रीको रुपमा ल्याइएको छ

विभिन्न ९ प्रकारको सुगन्ध सहितको स्पिन्ज़ले २४ घण्टा सम्म ताजापना प्रदान गर्नुको साथै यसको सुगन्ध उत्तेजना युक्त प्रवाह गर्न सक्षम र सफल भएको कम्पनीले जनाएको छ ।

स्पिन्ज़ एक्टिभ गर्ल २०१९ प्रतियोगिताको माध्यम बाट नेपालि युवती माझ सक्रिय जिवनशैली बिताउने कारक तत्वको रुपमा उत्पादन गरिएको कम्पनीको दाबी छ ।

कार्यक्रममा केभिनकेयर बाट प्रतिनिधित्व गर्दै नेपाल प्रतिनिधि अमित गुप्ता, दयाल ट्रेडिङ्ग कम्पनीका निर्देशक राजिब शाह, अन्तरास्ट्रिय ब्यापार का वरिष्ठ  ब्रान्ड म्यानेजर शशांक मुतालिक र डिजिटल मार्केटिङ्गका सहायक म्यानेजर जननी आय्यर सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *