काठमाडौं, २५ फागुन । वैदेशिक रोजगार विभागका व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार राति बम विस्फोट भएको छ ।
गुरुङको बसुन्धरामा रहेको घरमा विस्फोट भएको हो ।
तल्लो तलामा राखिएको गाडीमा करिब साढे ७ बजे विस्फोट गराइएको बताइएको छ । विस्फोटपछि लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।
विष्फोटबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घरका सिसा फुटेका छन् । बम कसले राखेको भन्ने खुलिनसकेपनि प्रहरीले विप्लव समूहमाथि आशंका गरेको छ ।