राजपाले देशव्यापी आन्दोलन गर्ने

समाचार
11 Shares

काठमाडौं, २२ फागुन । टीकापुर घटनाको मुद्दाका अभियुक्त रेशमलाल चौधरीविरुद्ध कैलाली जिल्ला अदालतले सुनाएको फैसलाप्रति राष्ट्रिय जनता पार्टी (राजपा)ले आपत्ति जनाएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताए ।

कैलाली जिल्ला अदालतले टीकापुर हत्या प्रकरणमा रेशमलाल चौधरीसहित ११ जनाविरुद्ध बुधवार जन्मकैदको सजाय सुनाएको थियो ।

टीकापुर घटनाको फरार अभियुक्तका रुपमा रहेकै बेला वारेशनामा मार्फत कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गरेका चौधरी निर्वाचनमा विजयी भएका थिए ।

महतोको प्रतिक्रिया

जनताको अदालतभन्दा ठूलो अर्को अदालत नहुने राजपा नेता महतोले प्रतिक्रिया दिए । अदालतको फैसलाविरुद्ध आफूहरुले राष्ट्रिय आन्दोलन शुरु गर्ने उनले बताए ।

रेशम चौधरी एउटा जातिको उत्थानका लागि आन्दोलनमा लागेको मानिस भएको उल्लेख गर्दै महताले भने, ‘एउटा जातिको उत्थानका लागि आन्दोलनमा लागेको मानिस यसरी जेल जाने भए प्रचण्ड, केपी ओली, शेर बहादुर देउवा जेल जानु पर्यो । रेशम चौधरी मात्रै किन जाने ?

नेता महतोले राजपाले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *