पार्टीलाई गुटमुक्त बनाउन सहयोग गरिदिन महामन्त्रीलाई देउवाको आग्रह

NEWS
Spread the love

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई गुट, उपगुटबाट मुक्त बनाउन चाहेको बताएका छन् ।

सभापति देउवाले पार्टीलाई गुटमुक्त बनाउन सहयोग गरिदिन महामन्त्री डा. शशांक कोइरालालाई आग्रह समेत गरे । सबैको सहयोगमा आफू सभापति बनेको उल्लेख गर्दै उनले पार्टी भित्रको गुट उपगुटले कसैलाई फाईदा नपु¥याउने उल्लेख गरे ।

मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसले ७३ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले मुलुकको हरेक क्षेत्रलाई नियन्त्रणमा राख्न खोजेको भन्दै आलोचना गरे ।

कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र एकता कायम गर्न न्याय, निष्पक्ष र पारदर्शी व्यवहार गर्न सभापति देउवासँग माग गरे । उनले एक पक्षीय ढंगले पार्टी नेतृत्वले पेलेर जाने काम गरेकाले पार्टी भित्र गुट जन्मने गरेको बताए ।

कम्युनिष्टहरुभन्दा उत्कृष्ट हौँ भनेर जनतामा जान पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने वरिष्ठ नेता पौडेलको भनाई छ । नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादको प्रतिक बन्न खोजिरहेको आरोप लगाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *