काठमाडौं, १९ फागुन । फेवा तालमा खसेका प्याराग्लाइडरको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
सारङकोटबाट उडेका रोमानीयाका नागरिक ४२ वर्षीया एड सिजरको फेवा सिटी अस्पतालमा मृत्यु भएको हो ।
प्याराग्लाईडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले उनलाई अस्पताल पुर्याएका थिए ।
प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर तालमा खसेको प्रहरीको भनाइ छ ।
ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए ।