पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

NEWS
Spread the love

काठमाडौं, १५ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनमा परेको छ ।

ताप्लेजुङबाट तेह्रथुम हुँदै काठमाडौं फर्किने गरी उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार थिए ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको

उक्त हेलिकोप्टर ताप्लेजुङका लागि काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो ।

ताप्लेजुङको दाह्रेडाँडा ठूलो आवाज आएपछि स्थानीय प्रहरी र स्थानीयवासी त्यसतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *