समाजसेवामा आइएसटी कलेजका विद्यार्थी

SOCIETY

काठमाडौं, २१ माघ । इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी कलेज) का तेस्रो सेमेस्टर सेक्सन सी “सहारा” समुहका बिद्यार्थीहरुले शान्तिनगरमा अवस्थित निसहाय सेवा सदनमा “आफ्नो पन” नामक कार्यक्रम सम्पन्न गरेका छन् ।

इभेन्ट म्यानेजमेन्ट विषयको प्राक्टिकल कार्य अन्तर्गत विद्यार्थीहरुले माघ १९ गते निसहाय सेवा सदनमा कार्यक्रमको आयोजना गरेका हुन् ।

आईएसटी कलेजका कार्यकारी प्रमुख नरेन्द्र बज्राचार्यको प्रमुख आतिथ्य र निसहाय सेवा सदनकी अध्यक्ष श्रीमती शगुन शाहको विषेश आतिथ्यमा आयोजित कार्यक्रममा निसहाय सेवा सदनका ३७ जना बृद्धबृद्धालाई भोजनको व्यबस्था गरिएको थियो ।

साथै सबै बृद्धबृद्धालाई कम्बल समेत वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नाचगान मार्फत बृद्धबृद्धालाई मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कलेजका कार्यकारी प्रमुख बज्राचार्यले कार्यक्रमका बारेमा प्रकाश पार्दै सबै बृद्धबृद्धाको सुस्वास्थ तथा दिर्घायुको कामना गरे ।

निसहाय सदनको तर्फबाट सहायक प्रशासकीय अधिकृत योगेश अधिकारीले संस्थाको उदेश्य र हालसम्मको प्रगतिका बारेका प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *