गुण्डा नाइके राजु गोर्खाली पक्राउ

NEWS

काठमाडौं, २० माघ । गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई आइतबार नयाँ वानेश्वरबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरले राजधानीको सुन्धारामा सञ्चालित काठमाडौं मलका व्यापारीलाई धाकधम्की दिँदै बढी भाडा असुल गरेको भन्ने उजुरीको आधारमा नियन्त्रणमा लिइएको जानकारी दिए ।

चाबहिल क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका उनले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए ।

अपहरण, फिरौती, चन्दा, जबरजस्ती असुली, ठेकापट्ट आदिमा संलग्न हुँदै आएका गुण्डा नाइके गोर्खाली यसअघि पनि पक्राउ पर्दै र छुट्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *