काठमाडौं, २० माघ । चलचित्र ‘बुलबुल’को नयाँ गीत सार्वजनिक भएको छ । ‘जाद्रै बस्यो दिल’बोलको गीत रिलिज भएको हो ।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान ईन्फोटेक मेलामा हजारौं दर्शक माझ गीत सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक कार्यक्रममा चलचित्रका शिर्ष कलाकारको उपस्थिती थियो । नयाँ नयाँ प्रचारशैली अवलम्बन गर्दै आएको बुलबुल टोलीले पहिलो गीत ‘माया ओई ओई’ पनि दर्शकहरुकै माझमा कलाकारलाई नचाउँदै सार्वजनिक गरेको थियो ।
सार्वजनिक गीतमा मनिकला पौडेलको शब्द संकलन, उदगम परियारको संगीत र रजिना रिमालको स्वर छ । बुलबुल चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, एलिना कार्की, सृष्टि भट्राई लगायतको अभिनय छ । अविरल थापा लगायतको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् ।
अहिलेसम्म प्रस्तुत दृश्य सामग्रीबाट मौलिकपन देखाएर धेरैले आश गरेको र प्रतीक्षा गरिरहेको चलचित्र बुलबुल आगामी फागुन ३ गतेदेखि देशैभर प्रदर्शन हुँदैछ ।
चलचित्र निर्माता अविरल थापाले मौलिक चलचित्र भएन भनेर गुनासो गरिरहेका दर्शक र चलचित्र समीक्षकका लागि यो चलचित्रले परीक्षा लिने बताए ।
भिडियो हेर्नुहोस्ः