काठमाडौं, १९ माघ । मष्तिष्क पक्षघात स्वाबलम्बन समुह र केयरर्स वल्ड वाईड यु के ले संयुक्त रुपमा आयोजना गरेको ‘संरक्षकका लागि संरक्षण’ अन्तर्गत संरक्षक संस्थालाई दिगो बनाउने संगठन प्रकृया नामक चार दिने कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।
‘संरक्षक’ भन्नाले अपाङ्गता भएका व्यक्तिका अभिभावक तथा बिभिन्न समस्याबाट ग्रसित भई पुर्णरुपमा अशक्त व्यक्तिका संरक्षकलाई बुझिन्छ । विश्वभरमा अशक्त व्यक्तिहरूको भन्दा उनीहरुका संरक्षकको अवस्था जटिल एवम् भयावह रहेको पाइएको छ । त्यसैले संरक्षकहरू संगठित भई विभिन्न कार्यक्रममार्फत आफ्नो पहिचानका निमित्त वकालत गरिरहेका छन् ।
संरक्षकहरूलाई सशक्त बनाई संरक्षक संस्था संस्थाको संगठन प्रक्रिया शुरू गर्ने, दिगो बनाउने, दैनिक व्यवस्थापन तथा सम्भावित द्वन्द्व व्यवस्थापन सम्हाल्न, संम्पुर्ण संरक्षक र सरोकारवालाबीच संजाल बनाई आवश्यकतामा आधारित क्रियाकलापको बिकाश गर्ने तथा श्रोत खोजतलास तथा परिचालन कसरी गर्न सकिन्छ भन्ने उदेश्यले गोष्ठी सञ्चालन गरीएको हो ।
गोष्ठीमा ‘संरक्षकका लागि संरक्षण’ कार्यक्रमका कर्मचारी, संरक्षक समाजमा चुनिएका तदर्थ समितिका पदाधिकारी सहभागी थिए ।
कार्यक्रमको उदघाटन मष्तिष्क पक्षघात स्वाबलम्वन समुह धापाखेलका प्रमुख कार्यकारी अधिकृत बिमललाल श्रेष्ठले गगरेका थिए । ‘संरक्षकका लागि संरक्षण’ कार्यक्रमकी संयोजक लुनी शाक्यको संयोजकत्वमा भएको गोष्ठीमा केयरर्स वल्ड वाईडका कार्यकारी निर्देशक अनिल पटेल तथा रामाकृष्णा सुरडेओ श्रोत व्यक्ति थिए ।
गोष्ठीमा संरक्षक समाज बाग्लुङ र म्याग्दीका प्रतिनिधि उपस्थित भई संगठन प्रकृयाका बारेमा आफ्ना अनुभव हरू आदन-प्रदान गगरेको थिए । कार्यक्रममा संरक्षक समाजकी सदस्य ज्योति खतिवडाको बाचा गर नामक गीतको भिडियो समेत प्रदर्शन गरिएको थियो ।
माघ १४ गतेदेखि शुरु भएको गोष्ठी १७ गते सकिएको हो ।