भोलिदेखि १०० कडा १० प्रदर्शन हुँदै, यस्तो छ कथा

ENTERTAINMENT
Spread the love

काठमाडौं, १७ माघ । हाँस्यकलाकार मनोज गजुरेल अभिनित चलचित्र १०० कडा १० भोलि(शुक्रबार)देखि प्रदर्शनमा आउने भएको छ ।

चलचित्र निर्माण युनिटका अनुसार यो भ्रस्टचार बिरोधी चलचित्र हो । प्रेमगीत २ का निर्देशक रामशरण पाठकले यस चलचित्र निर्देशन गरेका हुन् ।

चलचित्रले समाजिक चेतना अभिवृद्धि गर्नुका साथै भ्रष्टाचार न्यूनिकरणमा सहयोग पुग्ने निर्देशक पाठकले बताए ।

स्मरण रहोस्ः यसै साता सार्वजनिक एक रिपोर्टको तथ्यांकअनुसार, दक्षिण एसियामै सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमध्ये नेपाल तेश्रो नम्बरमा छ ।

चलचित्रमा मनोज गजुरेलका साथै राजाराम पौडेल, रबि डंगोल (बैमान), अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, आमित पोख्रेललगायतको अभिनय छ । रामेश्वोर कार्कीको छायांकन रहेको चलचित्रमा दिलिप ओखेडाले नृत्य निर्देशन गरेका छन् ।

चलचित्रमा समावेश ‘दाइलाई कुरा लाइदिने सातो खाइदिने‘ र ‘पिरतीको गाउँ‘ बोलको गीत लोकप्रिय भईसकेको छ ।

भ्रष्टाचारको विरुद्ध निर्माण भएको चलचित्र १०० कडा १० पूर्ण हाँस्यप्रधान, मनोरन्जनात्मक र पारिवारिक चलचित्र रहेको निर्देशक पाठकले पोष्टमाण्डुलाई बताए । थाइल्याण्डमा सफल प्रिमियर गरेको यस चलचित्रले युवा वर्गको मन जित्नेमा निर्माण युनिट विश्वस्त छ ।

ट्रेलर हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *