काठमाडौं, १५ माघ । बिकट क्षेत्रका तुइनहरु झोलुङे पुल बनेपछी बिस्थापन भएका छन । केपी ओली नेतृत्वको सरकारले २०७२ सालमा दुइ बर्ष भित्रै तुइनहरु बिस्थापन गरिने घोषणा गरेको थियो । घोषणा गरेकै समयमा पूर्ण रुपमा बिस्थापन नभए पनि अहिले भने तुइन क्रमशः बिस्थापन हुँदै गएका छन । तुइनक बिस्थापन भएसँगै झोलुङगे पुल धमाधम निर्माण भएका छन्, जसले गर्दा कठिन यात्रा गर्न वाध्य स्थानियमा ठूलो राहत मिलेको छ ।
झोलुङे पुल नहुँदा तुइन बाटै नदी तथा खोला तरेर जोखिम्पूर्ण यात्राा गर्नुपर्ने स्थानियको बाध्यता थियो । बर्खामा नदी बढीरहेको अवस्थामा एउटा डोरीमा आफ्नो जिन्दगी झुन्ड्याएर बाल-बच्चासहित यात्रा गर्नु पर्थ्यो । बिरामीलाई अस्पताल पुर्याउन देखी दैनिकी चलाउन तथा बिद्यालय जादा पनि तुइन प्रयोग नगरी नदी पार गर्न सम्भब नै थिएन । अब भने यो समस्या हट्दै गएको छ ।
पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २ बर्षभित्र तुइनलाई झोलुङगे पुलले प्रतिस्थापन गर्ने निर्णय गरेका थिए । लगत्तै देशभरबाट तुइनको विवरण संकलन भयो । सुरुमा १ सय ७१ ठाउँको तुइन हटाएर झोलुङगे पुल बनाउनुपर्ने माग आएकोमा पछि १६ वटा थपिएर १ सय ८७ पुगे ।
देशभरका एक सय ८७ तुइन विस्थापन गर्ने सरकारको लक्ष्यअनुसार कहाँ, के-कसरी काम भइरहेको छ त ? सम्पूर्ण तुइन विस्थापन हुन अझै कति समय लाग्ने हो ? सम्पूर्ण जानकारीको लागि भिडियो हेर्नुहोस् ।