काठमाडौं, १४ माघ । मौसम बदलीसँगै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
हिउँ परेसँगै देशका विभिन्न क्षेत्रमा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ ।
दोलखाको कालिन्चोकमा पनि केही दिनदेखि हिउँ परेपछि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको चाप बढेको छ ।
आन्तरिक पर्यटकका कारण कालिन्चोकका कुरी, चरिकोट लगायत स्थानका होटल तथा लज भरिभराउ छन् ।
हिउँ परेपछि बाटो चिप्लो हुने हुँदा कतिपय ठाउँमा मोटरसाइकल लडेका दृश्य दखिन्थे । कोही हिँड्ने क्रममा लडिरहेका दृश्य देखिन्थ्यो ।
कुरी, कालिन्चोकमा मानिसहरु हिउँमा रमाइरहेको गरिरहेको दृश्य मनमोहक देखिन्थ्यो । विभिन्न किसीमबाट मानिसहरु हिउँमा रमाइरहेका थिए ।
यो पनि पढ्नुहोस्ः