बाहिर खाजा घरको बोर्ड, भित्र यौन धन्दा

SOCIETY
Spread the love

काठमाडौं, १२ माघ । युवतीहरुलाई खाजा घरमा काम दिने प्रलोभनमा पारी यौन क्रियाकलापमा लगाउने दुई व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौंको टोखा नगरपालिका ९ गणेशस्थानमा रहेको कबिता खाजा घरका सञ्चालक मनु छन्त्याल र राजु छन्त्याल भनिने राजु महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

युवतीहरुलाई खाजा घरमा काम दिने प्रलोभनमा पारी ग्राहकहरुसँग यौन सम्पर्क गर्न लगाएको, यौन सम्पर्क गर्न नमाने शारीरिक र मानसिक यातना दिने गरेको र दैनिक २० देखि २५ जना ग्राहकसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाएको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले सो खाजा घरमा छापा मारि उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

मनु छन्त्याललाई खाजा घरबाट गत सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस दिनदेखि फरार रहेका अर्का सञ्चालक राजु महर्जनलाई भने लुकिछिपि बसिरहेको अवस्थामा महाराजगञ्ज प्रहरी वृत्तबाट खटिएको टोलीले शुक्रबार गणेशस्थानबाट पक्राउ गरेको हो ।

उनीहरुलाई महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

निजहरुले सबिता (नाम परिवर्तित) र कबिता (नाम परिवर्तित) लाई उनीहरुको मन्जुरी बिपरीत दबाबमा पारी लामो समयदेखि जबरजस्ती यौन जन्य कार्यमा संलग्न गराईरहेको अनुसन्धानबाट खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *