काठमाडौं, ४ माघ । काठमाडौंको नक्सालस्थित बाल मन्दिरले आयोजना गरेको ‘विन्टर क्याम्प’को समापन भएको छ ।
स्कुलमा जाडो बिदा परेको अवसरमा बाल मन्दिरले (बच्चा) विद्यार्थीहरुको लागि विन्टर क्याम्प आयोजना गरेको थियो ।
विभिन्न विषयमा विद्यार्थीका ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उदेश्यले विन्टर क्याम्पअन्तर्गत अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको बाल मन्दिरले जनाएको छ ।
स्कुल बिदाको समयमा विद्यार्थीहरुलाई नृत्य, उद्घोषण, नेतृत्व विकासलगायतका अतिरिक्त क्रियाकलापको बारेमा तालिम प्रदान गरिएको थियो । अहिलेकी चर्चित कलाकार तथा उद्घोषिका स्वस्तिका लामिछानेले विद्यार्थीहरुलाई उद्घोषण तालिम दिएकी थिइन् ।
बाल मन्दिरमा के गर्दैछिन् स्वस्तिका ?
बाल मन्दिरमा रहेका ६० भन्दा बढी अनाथ विद्यार्थीहरु बनभोज कार्यक्रम (पिकपनक) मा समेत सहभागी भएका थिए । उद्घोषण तालिम दिनेक्रममा सबै विद्यार्थीकी प्रिय बन्न सफल स्वस्तिकाले विन्टर क्याम्प समापन कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
स्वस्तिकालाई बाल मन्दिरले टोकन अफ लभ समेत प्रदान गरेको छ । समापन कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।