काठमाडौं नजिक कहाँ-कहाँ पर्यो हिउँ ? यस्तो छ तीन दिनको मौसम

NEWS
Spread the love

काठमाडौं, २३पुस । पश्चिमी वायुको प्रभावले सोमबार देशभर मौसम बदली भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात परेको छ ।

काठमाडौंमा बिहानै मौसमबदली भई हल्का पानी पर्यो । पानी
परेसँगै काठमाडौंं नजीकका नगरकोट, फूलचोकी, चन्द्रागिरि, दामनलगायत स्थानमा हिमपात भएको छ ।

देशका उच्च हिमाली भूभागका मनाङ, हुम्ला, जुम्लालगायत स्थानमा पनि हिउँ परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनतम तापक्रम नघटेको भए पनि मुलुकभर बदली तथा हिमपात हुँदा र घाम नलाग्दा बढी चिसो महसुस गरिएको छ ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो (आइतबार) काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।

सोमबारको मौसम

सोमबार राति देशको पश्चिमी भूभागममा आंशिक बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने छ । मध्य र पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै देशको उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबारको मौसम

मंगलबार देशका पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बुधबारको मौसम

बुधबार पूर्वीपहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *