धरान १६ पुस । मोफसलको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीता ‘मिस पूर्वाञ्चल २०१८’को उपाधि पुजा श्रेष्ठले जितेकी छिन् ।
सुनसरीको धरानमा आयोजित फाइनलमा पूजाले उपाधिसँगै स्कुटी, हङकङ भ्रमणको अवसर समेत प्राप्त गरिन् ।
यस्तै, धनकुटा हिलेकी अनिला क्षेत्री फस्टरनरअप हुन सफल भइन् । उनले नगद १ लाख सहित अन्य विभिन्न पुरस्कार प्राप्त गरेकी छिन् ।
इटहरीकी तपस्या रणपहेली सेकेन्ड रनरअप बन्न सफल भइन् । उनले नगद ५० हजार र विभिन्न पुरस्कार प्राप्त गरिन् ।
कार्यक्रममा ‘मिस नेपाल २०१८’ श्रृङ्खला खतिवडा विशेष आकर्षणको रुपमा उपस्थित थिइन् ।
सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको यो प्रतियोगीताको विजेताले ‘मिस नेपाल’मा सिधै प्रतिस्पर्धा गर्न पाउनेछन् ।
यस्तै, बेष्टवाक र मिस ट्यालेन्टको उपाधि सोनेता दाहाल, मिस पब्लिक च्वाइस र मिस इन्टिलेक्चुअलको उपाधि रुसाली केसीलाई प्रदान गरियो ।
मिस फ्रेन्डसिप सलिना राजवंशी घोषित हुँदा फेस अफ डिभाइन आकृती आचार्य र मिस फिटनेश स्वस्तिका विसुंखे हुन सफल भइन् ।