काठमाडौं, १६ पुस । आफ्नो अधिकांश जन्मदिन छोराछोरीसँगै मनाउने गरेका पारसले यो वर्षको जन्मदिन अरु साथीहरुसँग मनाउने भएका छन् ।
शनिबार चितवन पुगेका पारसका साथमा राजेश सिंह, शीतल सिंहलगायत आफ्ना नजिकका साथीहरु सहभागी छन् । पारस पुस १५ गतेदेखि ४९ वर्ष लागेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गरेका थिए ।
‘आमा कोमल, श्रीमती हिमानी, छोरीहरु पूर्णिका, कीर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससँगै जन्मदिन मनाउने योजना बनाएका थिए । तर, पारस आफ्ना साथीसँग चितवन पुगेका हुन् । -नेपालसमाचारपत्रबाट