पत्रकार डण्ड गुरुङको ‘निरन्तर नेतृत्व’ विमोचन

NEWS
Spread the love

काठमाडौं, १५ पुस । प्रधामनन्त्री केपी शर्मा ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’ को विमोचन गरेका छन् ।

तमू ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले पुस्तकले समाजका लागि सकारात्मक सन्देश दिने बताए । समाजमा लेखेर योगदान दिने काममा अझ अग्रसर हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

बेलायतमा तमूहरुले सामाजिक संस्थाको रुपमा स्थापना गर्नका लागि गरेको संघर्ष पुस्तकमा समेटिएको छ । पुस्तकमा तमु धिं युकेको हालसम्मको आठ नेतृत्वको अनुभवलाई समेटिएको लेखक गुरुङले पोस्टमाण्डुलाई जानकारी दिए ।

पुस्तकमा तमुधिं युके स्थापनाको १८ वर्षको संघर्ष र सफलता समेटिएको छ । प्रवासमा रहेर पनि समाजसेवामा पुर्‍याएको योगदान र मानवीय सहयोगका लागि तमुधिंले खेलेको भूमिकालाई पुस्तकको मुख्य विषयवस्तु बनाएको पत्रकार गुरुङले जानकारी दिए ।

यसैबीच, उक्त पुस्तक ल्होछारको अवसरमा बेलायतमा पनि आइतबार नै विमोचन भएको छ । गण्डकी प्रदेशका योजना तथा अर्थ मामिलामन्त्री किरण गुरुङले बेलायतको रेडिङमा तमुधिं युकेले आयोजना गरेको ल्होछार समारोहमा विमोचन गरेका हुन् । पुस्तक २३२ पृष्ठको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *