करिश्माको ‘इको नि लाग्यो..’ गीत हेर्नुभयो ? (भिडियोसहित)

ENTERTAINMENT
Spread the love

काठमाडौं, ६ पुस । नेपाल आइडल सिजन २ मा सहभागी भएकी करिश्मा विष्टको  र्याप (गीत) सार्वजनिक भएको छ । धनगढीकी करिश्माको ‘इको नि लाग्यो अकाउण्ट पनि लाग्यो…’ बोलको र्याप गीत सार्वजनिक भएको हो ।

नेपाल आइडलमा अडिशन दिन आउँदा करिश्माले उक्त गित गाएकी थिइन् । यस गीत पश्चात करिश्माको चर्चा बढेको थियो ।

नेपाल आइडलका साउन्ड इन्जिजियरले करिश्माको उक्त ट्रयाकलाई रिएरेन्ज गरेको नेपाल आइडलका जज कालीप्रसाद बास्कोटाले जानकारी दिएका छन् ।

करिश्माको पहिलेको गीतलाई जस्ताको त्यस्तै रेकर्ड गरिएको उनले बताए । नेपाल आइडलमा सहभागी भएकी करिश्माको उक्त गीतलाई धेरै दर्शक श्रोताले मन पराएका थिए ।

करिश्मालाई पनि यही गितले चर्चाको शिखरमा पुर्याउन सफल भयो । उनी अहिले विभिन्न कार्यक्रममा व्यस्त छिन् । हरेक कार्यक्रममा उनले यस गीत गाउने गरेकी छिन् ।

गीत हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *