संरक्षकका लागि संरक्षणको तदर्थ कार्यसमिति गठन

SOCIETY

काठमाडौं, ५ पुस । मस्तिष्क पक्षघात स्वावलम्वन समुह नेपाल तथा वल्डवाईड यूकेले संयूक्तरुपमा संचालन गरेको संरक्षकका लागि संरक्षण (Care for Cares) कार्यक्रम अन्तर्गत संरक्षण संघको तदर्थ कार्य समिति काठमाडौंमा गठन गरिएको छ ।

संरक्षक संघका सदस्यहरुको जिम्मेवारी तथा कार्य विभाजन गर्ने संरक्षक संघ दर्ता गर्नका लागि जिल्ला तथा स्थानको तय गर्न र संरक्षक संघको भावि कार्यतालीका बनाउने उदेश्यले बुधबार बसेको वैठकमा पाँचवटा संरक्षक समन्वय समितिबाट दुई दुई तथा कानुनि सल्लाहकार एक जना गरि ११ जना सदस्यीय कार्य समिति गठन गरिएको छ ।

कार्यसमितिमा अध्यक्ष शक्ति थापा, उपाध्यक्षमा गोमादेवी अधिकारी, सचिवमा सुशिला मल्ल, सह सचिवमा निर्मला रावल, कोषाध्यषमा रुपा अधिकारी तथा सदस्यहरुमा ज्योति खतिवडा, राजेन्द्र मर्हजन, लक्ष्मी बस्नेत, प्रदिप कुमार श्रेष्ठ, सूर्यलक्ष्मी रंजित तथा दिपा मर्हजन छन् ।

संरक्षकका लागि संरक्षण कार्यक्रमकी संयोजक लुनी शाक्यको संयोजकत्वमा उक्त कार्यक्रम संम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *