काठमाडौं, १ पुष । आज (आइतबार) राष्ट्रिय झण्डा दिवस मनाइएको छ । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित नेपाली राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।
अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन र प्रचार प्रसार गर्ने उद्देश्यले झण्डा दिवस मनाइएको हो ।
राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपालले पहिलो पटक पुस १ गते राष्ट्रिय झण्डा दिवसको रूपमा मनाउन लागेको हो ।
२०६२ साल पुस १ गते संयुक्त राष्ट्र संघले नेपालको झण्डा अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको हो ।
नेपालको झण्डा बोकेर काठमाडौंको बसन्तपुरमा युवाहरु सहभागी भएका हुन् ।