बुलबुलको रमाइलो टिजर सार्वजनिक (भिडियो)

ENTERTAINMENT

काठमाडौं, २९ मंसिर । अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो ड्राईभरको भूमिकामा निर्वाह गरेको चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक भएको छ । टिजर अनौठो तरिकामा आएको छ ।

चलचित्रको एक दृश्य जस्तो लाग्ने टिजरमा यसअघि चुलबुले भूमिकामा देखिँदै आएकी नायिका स्वस्तिमा खडकाको रुप र हुलिया आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ ।

साथै देखिएका नवनायक मुकुन भुषालको अभिनय पनि स्वाभाविक र दमदार देखिएको छ । टिजर मार्फत चरित्र चित्रण र चलचित्रको स्वाद कस्तो छ भनेर छनक दिन खोजेको देखिन्छ ।

टिजर हेर्दा चलचित्रमा केही न केही खँदिलो र पृथक कुरा छ भन्ने अनुमान गर्न सकिन्छ ।

फागुन ३ गते भ्यालेन्टाइन डेको अवसर पारेर प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रमा स्वस्तिमा, नवनायक मुकुन, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय छ ।

चलचित्रको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको छ । चलचित्र विनोद पौडेलले निर्देशन गरेका हुन् ।

टिजर हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *