मोटरसाइकल सिक्दा ध्यान दिनुपर्ने चार कुरा

LIFESTYLE

काठमाडौं । के तपाईं मोटरसाइकल सिक्दै हुनुहुन्छ वा सिक्ने योजना बनाउँदै हुनुहुन्छ ? त्यसो हो भने तपाईंले यी चार कुरामा ध्यान दिन आवश्यक छ ।

.तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने मानसिक रूपमा पनि त्यसका लागि तयार हुन जरुरी छ । म सिक्न सक्छु भन्ने मानसिकता बनाउनुहोस् ।

. तपाईं २० हर्सपावरको मोटरसाइकल पनि थाम्न सकिरहनुभएको छैन भने एक सय हर्सपावरको सिक्ने प्रयत्न कदापि नगर्नुहोला । सानो डिस्प्लेसमेन्ट भएको हल्का किसिमको मोटरसाइकल नियन्त्रण गर्न सजिलो हुन्छ ।

३. हेल्मेटलगायतका सुरक्षा सामग्री लगाएर मात्र मोटरसाइकल सिक्न अग्रसर हुनुहोस् । बाक्लो ट्राउजर र जुत्तासहित शरीरको माथिल्लो भाग पनि ढाक्ने किसिमका लुगा लगाउनुहोस् ।

४. सुरुमा खाली मैदान र पछि कम भिडभाड भएका ठाउँमा मात्र चलाउनुहोस् । सुरुमै भिडभाडमा चलाउँदा धेरै किसिमका खतरा आउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *