नेपाल आइडलका चार प्रतिस्पर्धीबारे यस्तो छ जजहरुको कमेन्ट

ENTERTAINMENT
Spread the love

काठमाडौं २८ मंसिर । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल आइडल २ मा उत्कृष्ट चार प्रतिस्पर्धीको बिहीबारको प्रस्तुति विशेष रह्यो । यिनै चारबाट अर्को साता नेपाल आइडलको विजेता घोषणा गरिनेछ ।

बिहीबार प्रशारण भएको ३५ औं एपिसोडमा विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारी ढाकाको पहिरनमा सजिएका थिए । ड्यासमा बसेका जज पनि ढाका मिश्रित पहिरनमा थिए। कार्यक्रमकी सञ्चालिका रिमा विश्वकर्मा ढाकाको लामो गाउनमा थिइन् भने आसिफ शाहले ढाकाकै कोटमा उपस्थित थिए ।

कार्यक्रमको सुरुमा रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको शुभकामना सन्देश (भिडियो क्लिप) प्रशारण गरिएको थियो । जजहरू कालीप्रसाद बास्कोटा, न्ह्यु वज्राचार्य र इन्दिरा जोशीले पनि गीत गाएर कार्यक्रमको रौनक बढाएका थिए ।

उत्कृष्ट चारको अब्बल प्रस्तुतिमा दर्शकहरू झुमिरहेका देखिन्थे । हरेक प्रतियोगीले दुईवटा गीत मिश्रण गरेर प्रस्तुती दिएका थिए । प्रस्तुतीपश्चात प्रतिस्पर्धी चार जनाले नै रेस्पेक्ट पाएका थिए । पहिलो प्रस्तुतिका लागि रवि ओड मञ्चमा देखा परे । सुदूरपश्चिमका एकमात्र विजेताका दाबेदार रविले पछिल्लो समय आफूलाई परिस्कृत गर्दै अगाडि बढिरहेका छन् ।

जजहरुको कमेन्ट

रविले योगेश काजीको कस्तु हुरी चल्यो आज बोलको गीत र प्रशान्त तामाङको अरे क्यानाम बोलको गीत गाएका थिए ।

रविलाई शुरुमा हामीले भेट्यौं, त्यसपछाडि पियानो, गाला राउण्ड सबै हुँदा हुँदा अहिले यो लेभलमा आइपुगेर रविले यही लेभलकै पर्फमेन्स गर्न सफल हुनुभएको छ । बधाई छ रवि तपाईंलाई । एकदमै राम्रो प्रगति भयो रवि । तपाईं मार्टमा पुग्नुभयो । हामीले खोजेको मार्टमा पुग्नुभयो । मजा आयो । -कालीप्रसाद बास्कोटा

एकदम छुट्टै गीतलाई यस्तो मजाले जोडेर दुई वटै गीतको त्यो चाहिने राइट एनर्जी थियो दुइटैमा कसरी तपाईंले आफ्नो मुडलाई एयटा ठाउँबाट स्वीच गरेर दुईटालाई असर नगर्ने गरी पर्फम्स गर्न सफल हुनुभयो । तपाईंको क्यालिभर त हामीले देखिसक्यौं । अप टु द मार्क भेरी नाइस । सो ह्याप्पी फर यू । -इन्दिरा जोशी

(थिएटर राउण्डमा रविले गाएको गीत (मायाँले बाँध्यो लौ रेशम) सम्झदै) मायाँले बाँध्यो भन्ने गीत गाउँदा देसिख तिमी नोटिश भएको हो मेरो लागि । हाम्ी अब यो ठाउँमा बसेर तिमीहरु चौ जनालाई हामी विश मात्र गर्न सक्छौं । हाम्रो शुभकामना छ तिमीलाई । -न्ह्यु बज्राचार्य

बिक्रम बरालले नारायण गोपालको मेरो बेहोशी आज बोलको गीत र चिठ्ठीभित्र राखेर पठाउँदै छु सज्जन राज वैद्यको गीत गाएका थिए । विक्रमको स्वरमा नेपाल आइडल मन्त्रमुग्ध बन्यो ।

उता बसेको कलाकारले परफेक्ट गाउँछ । यता बसेको कलाकार त उठ्नै पर्यो नि त्यही भएर हामीले रेस्पेक्ट गर्यौं । दुईटा फरक किसीमले गाउनुभयो तर यस्तो मजाले ब्लेन्ड गर्नुभयो । दोस्रे गीतमा अलि अलि पहिलेको टेक्निकको चmल्को भनौं न अलिकति ब्लेन्ड गरेर त्यो क्रियटिभिटी चाहीँ । यू आर भेरी क्रियटिभिटी बिक्रम । जहिले पनि आफ्नो एउटा एक्स्ट्रा एफोर्ट हाल्ने कोशिश गर्नुहुन्छ । दुईटा फरक गीत एक किसीमले ब्लेन्ड भएको थियो त्यो चाहाीँ तपाईंज्स्तो पर्फेक्ट गाउने कलाकारले मात्र गर्न सक्छ । यस्तो मन पर्यो हामीलाई यो पर्फमेन्स । मलाई लाग्छ तापाईंले भरी भन्दा भारी भोट चाहीँ पाउनुहुन्छ । -इन्दिरा जोशी

शुरुको नारायण गोपालको गीत गायौ, त्यो गीत मैले तिमीलाई यो भन्दा बढी एस्पेक्ट गरेको थिएँ । मैले रेस्पेक्ट दिएको भनेको दोस्रो गीतको लागि हो । गाउनेहरु दुई तीन किसीमको हुन्छन् । एउटा गाउन त गाउँछन् राम्रो गाउँदैनन् । एउटा राम्रो गाउँछ । तेस्रो चाहीँ बिक्रम बराल हो । अब फिनाले आइसक्यो मेरो लागि तिमीहरु चार जनामा जसले जिते पनि खास केही फरक पर्दैन । बिक्रम जस्तो सिंगर भोटको लागि मात्र जन्मिएको हैन । उ जन्मेकै गाउनकै लागि मात्रै हो जस्तो लाग्छ (भोट माग्ने क्रममा) । -न्ह्यु बज्राचार्य ।

बिक्रम यस्तो सिंगर बनेर तपाईं प्रिजेन्ट हुनुभयो कि अडिसनमै तपाईंले गोल्डेन माइक पाउनुभयो र अहिलेसम्म जहिले पनि तपाईंले गोल्डेन लेभलकै पर्फमेन्स दिनुभयो । सिजन वानमा बिक्रम अडिशन दिन आउनुभएको रहेछ । दुईटा एसबाट सेलेक्ट हुनुभएको रहेछ एउटा नो मैले भनेको रहेछु । र मलाईै अहिले आएर त्यो नो पनि मैले ठिकै भनेछु जस्तो लागिरहेछ । -कालीप्रसाद बास्कोटा

झापाका सुमित पाठकले भक्तराज आचार्यको जहाँ छन् बुद्धका आँखा र नेपथ्यको तालको पानी बोलको गीत गाएका थिए ।

नोपल आइडल सिजन टु (चार प्रतिस्पर्धीको नाम लिँदै) तपाईंहरुको लाइफमा कत्तिको भाग्यशाली हुन्छ त्यो थाहा छैन । तर नेपाल आइडल सिजन टुको लागि चाहीँ तपाईंहरु एकदमै भाग्यशाली बनेर आउनुभयो । सुमित तपाईं पनि गोल्डेन माइकदेखि अहिलेसम्म गोल्डेन लेभलकै पर्फमेन्स दिइरहनुभएको छ, एभ्रीटाइम । मलाई अचम्म तब लाग्छ जब तपाईंहरु यति राम्रेसँग एक अर्काको तारिफ गरिरनुभएको छ, एक अर्कालाई साथ लिएर गाइरहनुभएको छ, एक अर्का लागि हुटिङ गरिरहनुभएको छ, तपाईंको सपोर्टरहरु चाहीँ किन झगडा गर्नुहुन्छ एक आपसमा ? । तपाईंहरु यसै गरुेर अगाडि बढिरहनुस्, तपाईंहरुको यूग शुरु भयो सुमित । यो प्रस्तुतीको लागि धेरै धन्यवाद । -कालीप्रसाद बास्कोटा

सुमितले जहाँ छन् बुद्धका आँखाबाट यस्तो सिरियस नोटबाट लगेर हामीलाई छमछम नचाइदियो । सिंगरको पावर हुन्छ नि, दुई मिनेट अगाडि कस्तो बनाउन सक्छ अगाडि बस्ने अडियन्सलाई । र दुई मिनेट पछाडि त्यो एनर्जीलाई कसरी सिफ्ट गर्न त्यो पनि पर्फेक्सनको साथ । यो कन्सेप्ट पनि मलाई एकदमै मन पर्यो । जसरी तपाईंले यो पोट्रे गर्नुभयो त्यो पनि मलाई एकदमै मन पर्यो । एकछिनको लागि मलाई के फिल भयो भने, मलाई यो प्रतिस्पर्धा, फिनालेको लागि कम्पिटिशन, यो पर्फमेन्सपछि भोटिङ आउने हो भन्ने चिजलाई नै बिर्साइदिनुभयो । त्यो आफैंमा एउटा अचिभमेन्ट हो । -इन्दिरा जोशी

यो लेभलसम्म उसले गाउनु भनेको यो म्यूजिक सिकेर मात्र आउने चिज हो जस्तो मलाई लाग्दैन । यो लेभलमा आएर तिमीले जसरी गाइरहेको छौ, तिमीले म्युजिक यो जन्ममा मात्र होइन पूर्व जन्ममै सिकेर आएको जस्तो लाग्छ मलाई । -न्ह्यु बज्राचार्य

नेपाल आइडलकी दाबेदार एकमात्र महिला प्रतियोगी अस्मिता अधिकारीले कुन्ती मोक्तानको कहिले काहीँ मलाई पनि र सुमन गुरुङको मेरो नजरमा नशा बोलको गीत गाएकी थिइन् । झापाकी अस्मिताले धमाकेदार प्रस्तुति दिइन् ।

पहिलो गीत त ओह माइ गड यस्तो मज्जाले त्यो एकदमै कवालीको फिल आइरहेको थियो । यस्तो मज्जाले गाउनुभयो, जोशमा । दोस्रो (गीत) पनि मन पर्यो आज कलिकति तपाईंले त्यो एकदमै जली जस्तो बनाइदिनुभयो मुडलाई नै । भेरी नाइस । अनि यो पनि, इट वज अ हट पर्फमेन्स । -इन्दिरा जोशी

दुई वटा फरक फरक एराको गीत अनि यसको सिंगीङ स्टाइल दखि लिएर सबै कुरा एकदमै फरक थियो । एउटा कवाली नम्बर अर्को आइटम नम्बर नै भनौं न, तर कुन गीतलाई कसरी गाउने भन्ने कुरा एकदम राम्रेसँग न्याय गरेर गाउनुभयो तपाईंले । एकदमै न्याय गरेर गाउनुभयो । एकदम मजा आयो यो पर्फमेन्स हेर्दाखेरी र अझ त्यो एउटा आफ्नो अदा आफ्नो स्टाइल अनि आफ्नो जेस्चरले यो पर्फमेन्स एकदमै जिवन्त बनायो । यो फिनालेकै पर्फमेन्स थियो अस्मिता । तपाईंले आफ्नो १०० प्रतिशत दिनुभयो जुन स्टेजमा तपाईंले जे गर्नुपर्ने थियो त्यो काम गरिसक्नुभयो । -कालीप्रसाद बास्कोटा

नेपाल आइडल हुने पावर चाहीँ तिमीमा देखेँ मैले । यदि अस्मिता नेपाल आइडडल भयो चने तिमीहरु (बिक्रम, सुमित,रवि) चिन्ता गर्नुपर्दैन । कोरस सिंगर तिमीहरु फिट छौं । बिक्रम, सुमित, रवि एकदम राम्रो कोरस गायौ । (झुमी झुमी के, लुगा पनि मिलेको तीन जनाको, जुत्ता पनि मिलेको) तिमीले मैले एस्पेक्ट गरेको भन्दा धेरै राम्रो गायौ । कुनै गीतलाई कहि न कहि उसको (आफ्नो) टच उसले दिन्छ । अस्मिता दिल खुस भयो आज । -न्ह्यु बज्राचार्य

आउने पुस ६ गते नेपाल आइडल विजेता घोषणा हुनेछन् । फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *