काठमाडौं, २५ मंसिर । तपाईंले कसैलाई नयाँ जीवनको उपहार दिनुभएको छ ? त्यो पनि एक पैसा खर्च नगरी ? हो, हामी रक्तदानकै चर्चा गर्दै छौं । करिब चार महिनामा आफैं नष्ट हुने र तपाईंको शरीरमा नयाँ बनिराख्ने रगतको दान, जसको विकल्प नभएकोले यसलाई जीवनदानसमेत भन्ने गरिन्छ । रक्तदान भन्नाले कुनै मानिसले स्वेच्छाले आफ्नो रगत दान गर्नु भन्ने बुझिन्छ ।
लायन्स क्लब अफ काठमाडौं न्यू बिहानी तथा लायन्स क्लब अफ काठमाडौं कालिकाले संययुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।
यही मंसिर २९ गते काठमाडौंको न्यूरोडमा रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं न्यू बिहानीका अध्यक्ष अजयबाबु श्रेष्ठले जानकारी दिए ।
रक्तदान किन गर्ने ?
-रगत त्यो सजीव द्रव्य हो जसमा पुरै जीवन टिकेको हुन्छ। यसको ६० प्रतिशत द्रव्य र ४० प्रतिशत ठोस हुन्छ । द्रव्यलाई प्लाज्मा भनिन्छ जसमा ९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्व, हार्मोन इत्यादि हुन्छ र यो भोजन दवाईहरू आदिले धेरै छिटो बनाउँछ । तर, रगतको ठोस हिस्सा, जसमा आरबीसी, डब्लूबीसी र प्लेटेलेट हुन्छ , त्यसनाई पुनः बनाउनमा धेरै समय लाग्छ ।
-यहाँ तपाईको भूमिका बन्दछ, जति समय एक बिरामीलाई यी तत्वहरू फिर्ता पाउनमा लाग्नेछ, त्यसमा उसको ज्यान जान सक्छ । कहिलेकाहीँ शरीरको अवस्था यिनीहरूलाई फिर्ता लिने स्थितिमा पनि हुँदैन, नाजुक हुन्छ ।
-तपाईले यो जान्न आवश्यक छ कि, रगत उत्पन्न गर्न सकिँदैन, मात्र यसको दान सम्भव छ । अनि तपाई त्यो व्यक्तिलाई बचाउन सक्नु हुन्छ जसलाई रगतको जरूरत छ ।
गलत धारणाहरू
रक्तदानको पछि म कमजोर हुन्छु होला
-रक्तदानपछि केही खानेकुरा खानुहुन्छ भने तपाईलाई कमजोरी र थकाईको महसुस हुने छैन ।
मेरो रगत कम हुन्छ होला
-यदि चिकित्सकले तपाईलाई रक्तदानका लागि उपयुक्त ठहर गरेका छन् भने, रक्तदानपछि पनि तपाईको शरीरमा रगत अधिक हुन्छ ।
रक्तदान गर्दा धेरै दुख्छ होला
-तपाईंले ठूलो दुखाई महसुस गर्नु हुने छैन ।
म बेहोश हुन्छु होला
-रक्तदानपछि न त तपाईं बेहोशी महसुस गर्नु हुनेछ र न त असजिलो ।