काठमाडौं, २५ मंसिर । नेपाल इन्जिनियर्स एशोसिएसनको ३२ औ केन्द्रीय कार्यकारिणी र सात वटै प्रदेशको प्रथम कार्यकारिणी समितिको निर्वाचन आगामी मंसिर २८ गते हुँदै छ ।
इन्जिनियरिङ क्षेत्रमा ब्यापक सुधार गरी समृद्ध नेपाल बनाउने अठोटका साथ मुख्य दुई राजनीतिक दलसँग सम्बद्ध प्रजातान्त्रिक र प्रगतिशील समूहका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
प्रगतिशील समूह
इन्जिनियरिङ क्षेत्रका विकृति, विसंगति हटाउँदै पेशागत क्षमता अभिवृद्धि, रोजगार प्रवद्र्धन, गुणस्तरीय इन्जिनियरिङ शिक्षा, आम इन्जिनियरको हक, हीतको संरक्षण, नीतिगत सुधार, सहकार्य एवं समन्वय र सम्मान तथा उत्प्रेरणा दिने प्रतिवद्धता सहित प्रगतिशील समूह चुनावी मैदानमा उत्रिएको हो ।
प्रावधान
इन्जिनियरीङ अध्ययन संस्थानका डीन प्रा.डा. त्रिरत्न बज्राचार्यको नेतृत्वमा ऐतिहासिक महत्व बोकेको यस निर्वाचनमा केन्द्रमा १८ जना र प्रदेशमा १६ जना (जसमा एकजना केन्द्रीय समितिका लागि सदस्य समेत समावेश गरी) रहने प्रावधान छ ।
प्रदेश ३
यसैगरी प्रदेश ३ का नन्दलाल बन्जाडेको नेतृत्वमा प्रदेश सचिवमा इन्जीनियर प्रदिप अधिकारी चुनावी मैदानमा उत्रिएका छन् ।
को हुन् प्रदिप अधिकारी ?
प्रदिप नेशनल कलेजल अफ इन्जिनियरिङका विभागीय प्रमुख तथा कार्यवाहक प्रिन्सपल समेत हुन् । उनले नेपालका विभिन्न राष्ट्रिय टेलिभिजनहरुमा व्रोडकाष्ट इन्जीनियर भई लामो समय काम गरिसकेका छन् ।
यसकारण उम्मेदवारी
सचिव पदमा आफ्नो उम्मेदवारी दिएका प्रदिप आफ्नो प्यानलको एजेण्डा सही र समय सान्दर्भिक रहेको हुँदा सम्पुर्ण इन्जीनियरहरुले आफ्नो प्यानलमा भोट गर्नेमा विश्वस्त छन् । इन्जिनियरिङ क्षेत्रमा ब्यापक सुधार गरी समृद्ध नेपाल बनाउने अभियानसहित चुनावमा होमिएको आफ्नो प्यानलमा भोट गर्न पनि उनले अपिल गरेका छन् ।
प्रतिवद्धता
प्रगतिशील समूहले आम इन्जिनियरको हक, हितको संरक्षणका लागि नेईएलाई इन्जिनियरहरुको पेशागत हक हिको सशक्त संरक्षक संस्थाको रुपमा विकास गरिने, इन्जिनियरको हितमा श्रम ऐनको सफल कार्यान्वयन गरिने, सरकारी र निजी क्षेत्रहरुमा कार्यरत इन्जिनियरको न्यूनतम सुविधा हनन् हुन नदिने र वृत्ति विकासका अवसर प्रदान गरिने सम्बन्धी विद्यमान नीति नियमको कार्यान्वयनमा कडाईका साथ अनुगमन गरिने घोषणा गरेको छ ।
नेइए सदस्यहरुको अनिवार्य सामुहिक बीमा योजनाको प्रतिवद्धता व्यक्त गर्नु इन्जिनियरीङ क्षेत्रकै नमूनाको रुपमा लिन सकिन्छ । त्यसैगरी पेशागत क्षमता अभिवृद्धि अन्तर्गत इन्जिनियरिङ स्टाफ कलेज स्थापना गरिने महत्वाकांक्षी योजना अघि सार्नुका साथै डिभाइन अटोमेसनको प्रविधिलाई प्रोत्साहन गर्ने, विज्ञ इन्जिनियरहरुलाई विकास निर्माणमा नेतृत्वदायी भूमिकाका लागि हस्तक्षेपकारी पहल गरिने, विज्ञान, प्रविधि र अनुभव हस्तान्तरणमा बिशेष जोड दिने योजना प्रगतिशील समूहको छ ।
प्रगतिशल समूहले आफ्नो प्रतिवद्धतापत्रमा इन्जिनियरहरुका लागि रोजगार प्रवद्र्धन, गुणस्तरीय इन्जिनियरिङ शिक्षाका अलावा इन्जिनियरिङ क्षेत्रमा देखिएका विकृति, विसंगति हटाउँदै नीतिगत सुधार गर्ने प्रतिवद्धता समेत जनाएको छ ।