साइँलीको ‘नाच माया’मा यसरी नाचे दयाहाङ (भिडियोसहित)

ENTERTAINMENT

काठमाडौं, २३ मंसिर । नेपाली चलचित्र साइँलीको गीत सार्वजनिक भएको छ । नाच माया बोलमा रहेको गीत आइतबार सार्वजनिक गरिएको हो ।

हेमन्त रानाको स्वरमा रहेको गीतमा हर्क साउदको शब्द तथा सुशान्त गौतमको संगीत रहेको छ ।

गीतको भिडियोमा मेनुका प्रधान, गौरव पहाडी, दयाहाङ राई र केनिपा सिंहलगायतको नृत्य प्रस्तुत गरिएको छ ।

चलचित्र साईली वैदेशिक रोजगारीको कथामा निर्माण भएको बताइएको छ । चैत १५ गते चलचित्र प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

यस फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । गायक हेमन्त रानाको गीत ‘सुन साइँली’को अत्याधिक चर्चा पछि गुरुङले ‘साइँली’ बनाएका हुन् ।

फिल्ममा ‘सुन साइँली’ म्युजिक भिडियोका जोडी मेनुका प्रधान र गौरव पहाडीकै मूख्य अभिनय रहने छ । यसका साथै दयाहाङ राईको पनि मुख्य भूमिका रहेको छ ।

गीत हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *